उद्दीपन

ना. [सं.]

  1. उत्तेजित गर्ने वा भड्काउने काम वा अवस्था।
  2. मनमा रहेका सुषुप्त स्थायी भावलाई उत्तेजित वा प्रदीप्त गराउने वस्तु, व्यक्ति वा परिस्थिति।
  3. रसनिष्पत्तिको कारणभूत विभावका दुई भेद आलम्बन र उद्दीपनमध्ये एक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)