उद्भ्रान्त

वि. [सं.]

  1. चक्कर खाएको वा घुमेको।
  2. भ्रममा परेको; झुक्किएको।
  3. छक्क परेको; चकित।
  4. सिल्ली; पागल; बौलाहा; छँटाहा।
  5. विह्वल; उद्विग्न।
  6. बाटो बिराएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)