ओखर

ना. [सं. अक्षोट]

  1. लाम्चा पात हुने, आरुजस्तो फल फल्ने र जमानेमान्द्राका जस्ता लामा लामा मञ्जरी लाग्ने, हाडे दानाभित्र गुलियो खाद्य पदार्थ हुने ठुलो जातको रुख; हाडे र दाँते गरी दुई प्रकारको हुने त्यसैको फल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)