कन
प्रत्य.
- कर्मकारक र सम्प्रदान कारकको अर्थमा प्रयोगमा आउने ठिक अचेलको 'लाई' को अर्थ दिने अलिक पुरानो वाङ्मयमा पाइने द्वितीया वा चतुर्थी विभक्ति (मकन, रामकन इ.)।
- योजकवाची अव्ययको अर्थ बुझाउने असमापिका क्रियामा लाग्ने 'ई' प्रत्ययमा ऐच्छिक रूपले जोडिन आउने स्वार्थिक प्रत्यय (गरीकन, बसीकन, भनीकन इ.)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)