कमिलो

ना. [तुल. पालि किपीलिका]

  1. गुलियो आदि स्वादिला पदार्थ रुचाउने, दुला, गोला वा पातमा गुँड लगाएर फुल पार्ने, ऋतुअनुसार फुल आदि बोकेर ठाउँ सर्ने, भविष्यका लागि अन्न फूल आदि सञ्चय गर्ने र पिँधमा बारुला आदिको झैँ चिल्ने खिल हुने, जीवविज्ञानका अनुसार फर्मिसिडी परिवारमा पर्ने ज्यादै सानोदेखि लिएर ठिक्कको सानो आकारमा र जातअनुसारको रङमा देखा पर्ने भाले, पोथी र नपुंसकसमेत सम्मिलित भएर समुदाय गठन गरी सामूहिक रूपमा रहने एक जातको किरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)