करन्यास

ना. [सं.]

  1. जप अथवा पाठका क्रममा शरीरका अङ्गहरूलाई बीजमन्त्र (नमः, फट् आदि) का उच्चारणका साथमा छोएर गरिने क्रिया; अङ्गन्यास; पूर्णन्यास वा न्यासका शाखाको रूपमा हातलाई मात्र छोएर गरिने एक विधि, जसमा पहिले चोर औँलाले बुढी औँलालाई छोएर र त्यसपछि बुढी औँलाले अरू औँलालाई छोएर तत्तत् अङ्गमा इष्टदेवलाई आवाहन गरिन्छ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)