कर्ता

वि. [सं.]

  1. गर्ने।
  2. बनाउने; रचना गर्ने।
  3. कर्ता, कर्म, करण, सम्प्रदान, अपादान र अधिकरण कारकमध्ये पहिलो कारक; क्रियाव्यापारको प्रमुख सञ्चालक; प्रायः प्रथमा विभक्तिद्वारा प्रतिनिधित्व गरिने कारक; कर्तृकारक।
  4. ब्रह्मा।
  5. ईश्वर।
  6. मरेका जन्तुको पोलिएको छाला (प. ने.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)