कलश
ना. [सं.]
- बिहानबेलुका पानी भरेर राखिने जलपात्र; गाग्रो; घैँटो।
- पूजाआजामा वरुण, नवग्रह आदि देवताको आवाहन गर्न स्थापना गरिने जलपूर्ण घडा; तामाको जलपात्र।
- मन्दिरको गजुर।
- विवाहमा सगुनका निम्ति अघि लाएर हिँडाइने, विशेष सजिसजाउ पारिएको, मन्दिरका आकारको मङ्गलपात्र।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)