कवच
ना. [सं.]
- योद्धाहरूले लडाइँमा शस्त्रको प्रहारबाट बच्न शरीरमा लगाउने धातुको भोटो; जङ्गी पोसाक। २. आवरण। ३. छाला, बोक्रा। ४. तन्त्रशास्त्रअनुसार शरीरका अङ्गप्रत्यङ्गको रक्षा र दिशाविदिशाबाट पनि सुरक्षा प्राप्त गर्नका लागि पाठ गरिने स्तोत्र; देवीदेवताको प्रार्थना गरी रचिएको तान्त्रिक मन्त्र (दुर्गाकवच आदि)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)