का
प्रत्य. [को]
- सम्बन्धकारक, षष्ठी विभक्ति 'को' को बहुवचन वा आदरार्थी रूप; संज्ञा शब्दसँग सम्बन्ध देखाउने एक विभक्ति चिह्न।
- 'सबै' वा 'थप' को अर्थ बुझाउने गरी द्विरुक्त नाम शब्दका बिचमा आउने शब्द (घरका घर, पोकाका पोका; लामका लाम इ.)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)