काली
ना. [सं.]
- कालिका देवी; दुर्गा; चण्डी।
- सोह्र विद्यादेवीमध्ये एक।
- पार्वतीको एक नाम वा उपाधि।
- कालिमा।
- अग्निका सात जिह्वामध्ये एक।
- रात।
- काला बादलको पङ्क्ति।
- हिमालयको मुक्तिनाथ क्षेत्रबाट निस्केर नेपालको पश्चिम भागमा बग्ने एक प्रसिद्ध नदी; शालिग्राम पाइने नदी; काली वा कृष्णागण्डकी; सप्तगण्डकीमध्ये एक (उदा.-कालीपार, कालीवार)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)