कि
संयो. [सं. किम्]
- दुई कुरा वा विषयमध्ये कुनै एक बुझाउन बिचमा प्रयोग गरिने अव्यय; वा; अथवा (उदा.- पढ्छौ कि पढ्दैनौ?)।
- मिश्र वाक्यमा आश्रित उपवाक्यलाई जोड्ने शब्द। (उदा.- कि तिमी जाऊ कि मलाई जान देऊ।)।
- प्रश्न वा सन्देह बुझाउँदा वाक्यान्तमा प्रयोग हुने शब्द (उदा.- उसले मलाई पढाउँछ कि? ऊ त्यहाँ छैन कि?)।
- उनको भनाइ छ कि कवितामा अनुप्रास हुनुपर्छ (अस्त.)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)