कुण्ड
ना. [सं.]
- सानो जलाशय; पोखरी; कुवा; इनार।
- कमण्डलु; भिक्षापात्र।
- होम गर्ने वेदी वा खाल्डो।
- लोग्ने छँदाछँदै अर्कै लोग्नेमानिससँगको सम्बन्धबाट जन्मेको सन्तान; जारपुत्र।
- बटुको।
- उत्खनन गर्दा हुन गएको खाडल।
- बाइसी-चौबिसी काल र त्यसभन्दा पहिलेको समयका बत्तिस करमध्येको एक कर वा छत्तिस रकममध्येको एक रकम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)