कुण्डल
ना. [सं.]
- कानको लोतीमा झुन्डिने गरी लगाइने एक प्रकारको मण्डलाकार गहना; मुन्द्रो।
- गोरखपन्थीका साधुहरूले कानमा लगाउने स्फटिक, सिङ, काठ आदिको मुन्द्रो।
- चन्द्रमा वा सूर्यको चारैतिर देखिने बादलको गोलो घेरा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)