कैँची
ना. [तु. कैची]
- तलमाथिका पातका धारले च्यापेर कपडा, कागत आदि काट्ने फलामे साधन; कतर्नु; कर्तरी।
- दुई काठ, फग्लेँटा, इँट आदिलाई तलमाथि फट्टाएर जोड्न वा मिलाउन बनाइने चेपुवा साधन।
- साइकल आदिको एक साधन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)