खहरिनु
अ.क्रि. [खरो+इ+नु]
- खडेरी आदिले बोटबिरुवाहरू सुक्तै जानु।
- बिफर, घाउखटिरा आदिमा खाटा बस्न थाल्नु।
- घरगृहस्थी आदि बिग्रँदै जानु; घरङ्घाट लाग्नु।
- आगामा भुटेको वस्तु पाकेर केही डढ्न थाल्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)