खानतलासी

ना. [फा. खाना-तलासी]

  1. सरकारवादी मुद्दाका सिलसिलामा अपराधसम्बन्धी दसीप्रमाण वा मालसामान रहेको शङ्का वा सन्देह लागेका ठाउँमा गई तत्सम्बन्धी खोजतलास वा छानबिन गर्ने काम; चोरीछिपाई राखिएको चिजका लागि कुनै घरमा गरिने खोजतलास।
  2. कुनै घरमा अभियुक्त लुकेको वा अवैध मालसामान लुकाइएको शङ्का लागेमा वा सर्वस्व गर्नुपरेमा सरकारबाट लिइने तलासी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)