खिल
ना. [सं. कील]
- बारुलो, अरिङ्गाल आदिले टोक्ता गडेको विषालु काँडो वा आरो।
- बिझेका काँडा आदि ननिस्कनाले भित्र सडेर जमेको मासुको साह्रो डल्लो; तुस।
- पात आदि गाँस्ने सिन्का; सिन्का।
- आलपिन; पिन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)