खुट्को
ना. [प्रा. खुडुक्किअ]
- कसैका मनमा गडेको कुरो; भित्रै अडेर रहेको कुरो; खुड्को।
- मर्ने वा छुट्टिने बेलामा कसैले आफन्तसँग गरेको मनमा गड्ने कुरो; धोको।
- एक चोटि खुटेर सिइएको डोब; सुर्को।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)