गन्ज

ना. [फा.]

  1. गारो वा भित्तोमा खोपैखोपा पारेर बनाइएको, परेवा पाल्ने काठको बाकस; परेवाको गुँड।
  2. कलम, कर्द, चकमक आदि घुसारेर राखिने खुकुरीको दापमा जडिएको थपुवा खण्ड।
  3. नामका अन्तमा प्रत्ययका रूपमा लागेर बस्ती वा बजारको वाचक बन्ने शब्द; नगर; बजार (अमलेखगन्ज, महाराजगन्ज, नेपालगन्ज इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)