गन्धे

वि. [गन्ध+ए]

  1. दुर्गन्धी; फोहरमैला भएको।
  2. सार्की आदिलाई होच्याएर गाली गर्ने गरिएको शब्द। स्त्री. गन्धिनी; गन्धेनी।
  3. पानका आकारका केही ठुला पात हुने, बिचमा पहेँला रङका घोगाजस्ता कर्णिकारमा सेता फूल र घोगाकै आकारका फल फल्ने, जरो, अरुचि, कफ तथा पित्तनाशक र पथ्य गुण भएको एक बुटी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)