गाँड
ना. [सं. गण्ड]
- रोगका कारणले विशेषतः आयोडिन नमिसिएको नुन वा दूषित पानीका प्रभावबाट घाँटीका नसाहरूमा पानी जमी मासु फुलेर आउने ठुलो डल्लो; गलगण्ड।
- रुखहरूमा चोट लागेका ठाउँमा निस्कने गाँठो।
- सुपारी, कटहरजस्ता फलहरूको समुदाय वा तिनको गाँठो परेको भाग।
- एकै ठाउँ झुम्मिएका कमिला, मौरी, अरिङ्गाल आदिको गोलो वा समूह।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)