गुण
ना. [सं.]
- कुनै पनि वस्तुलाई अरू सजातीय वस्तुबाट छुट्ट्याउन वा अलग्याउन सहायक हुने निजी स्वभाव, विशेषता वा धर्म।
- कुनै मानिसमा रहको असल स्वभाव; सद्गुण।
- एक अर्कालाई प्रभाव पार्न सक्ने तत्त्व वा प्रशंसनीय विषय।
- कुनै वस्तुको निर्माण, काम, विद्या, व्यवहार आदिको सिप ; निपुणता।
- वस्तुबाट प्राप्त हुने फाइदा वा लाभ; उपयोगिता।
- ब्रह्माण्डका प्राकृतिक धर्म वा वृत्ति (सत्व, रज, तम)।
- योगशास्त्रका अनुसार स्वभावमा देखिने शम, दम र तितिक्षा तीन गुण।
- उपर्युक्त वृत्ति वा गुणका आधारमा तीन सङ्ख्याको सूचक शब्द।
- पूर्वीय काव्यशास्त्रका अनुसार रसलाई उत्कर्ष प्रदान गर्ने श्लेष, समाधि, औदार्य, माधुर्य, ओज, प्रसाद, अर्थव्यक्ति, कान्ति, सुकुमारता र समतानामक तत्त्व।
- व्याकरणमा स्वरसन्धिका अ, उ, ओ तीनवटा अक्षर।
- एक अङ्कलाई अर्को अङ्कले गुणन गर्ने काम; गुणा।
- धनुको ताँदो वा डोरी।
- धागो; डोरी; सुत।
- वास्तु वा मूर्तिकलामा तीन इन्च बराबरको नापो; तीन अमल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)