गोल्की
ना. [अङ्. गोलकीपर]
- भकुन्डो आदिका खेलमैदानमा गोल गरिने निश्चित ठाउँमा रहेर विपक्षका खेलाडीबाट हानिएको भकुन्डो आदिलाई निर्धारित गोलक्षेत्रमा छिर्न वा पस्न नदिने दायित्व लिएको पक्षतर्फको खेलाडी; गोलरक्षक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)