ग्यालिङ

ना. [सेर्पा.]

  1. सनईजस्तो तामाको सोझो आकारको हिमाली सेर्पा लामाहरूमा प्रचलित एक प्रकारको बाजा। (लामोछोटो दुवै प्रकारको हुने यो बाजा धार्मिक कार्य तथा पूजाआजामा फुकेर बजाइन्छ)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)