घोषीभवन
ना. [सं.]
- शब्दभित्र रहेका प्रथम र द्वितीय वर्णहरूका स्थानमा तृतीय, चतुर्थ र पञ्चम वर्णहरू हुने काम वा स्थिति।
- अघोष ध्वनिहरूका स्थानमा सघोष ध्वनिहरू रहने प्रक्रिया (काक > काग, शूकर > सुँगुर, घोटक > घोडो इ.)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)