चकटी

ना.

  1. पराल, मकैको खोसेल्टा, पाट, बाबियो आदिबाट बुनेर बनाइएको वा अस्तरभित्र रुवा हाली बिच-बिचमा तगी खोलसमेत हालेर तयार गरिएको सानोसानो लम्पटजस्तो आसनी; गलैँचाको टुक्राजस्तो एक जना बस्ने आसनी; चकला; गद्दी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)