चिन्तन
ना. [सं.]
- विचार, बिम्ब, प्रतीक आदिका सहायताले कुनै विषय वा समस्याको मनमनै समाधान गर्ने प्रक्रिया; विभिन्न विचार, स्थिति र घटनाका बिचको पारस्परिक सम्बन्ध खोजी गर्ने मानसिक कार्य; गम्भीर रूपले सोचेर प्रश्नको समाधान निकाल्ने प्रक्रिया; चिन्तना।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)