चिम्टी

ना. [चिम्टा+ई]

  1. छालामा बिझेको काँडो झिक्ने सानो दुइचोसे साधन।
  2. गहना बनाउँदा धातुका ससाना टुक्रा टिप्ने वा घडी, रेडियो आदि बनाउँदा ससाना पुर्जा टिप्ने काममा प्रयोग गरिने सानो हाते चिम्टा।
  3. चिउँटी।
  4. स्वास्नीमानिसहरूले केश टिप्नका लागि प्रयोग गर्ने धातुका ससाना चिम्टा; सेप्टी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)