चुभुर्को
ना. [अ.मू. चुपुर्+को]
- दिँदा, बाँड्दा वा राख्दाको अल्प मात्रा; चुबुर्को।
- सबै भाँडा उपयोगी वस्तुहरूले भरिई, राख्ने अरू भाँडो नपाइनाले त्यसै उपेक्षित अल्प-उपयोगी वस्तु।
- फाल्न माया लागेकाले मात्र राखिएको तर फाले पनि हुने कुनै वस्तु।
- भाँडा पर्याप्त भएकाले छुट्टै राखिएको नभए मिसाएर राखे पनि हुने वस्तु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)