च्याखुरो

ना. [सं. चकोर]

  1. तित्रा र कुखुरा झैँ लड्नमा प्रसिद्ध, कालिजभन्दा सानो र तित्राभन्दा ठुलो, रातो चुच्चो हुने, खैरो भुइँ भएको, रागे चरो।
  2. कुनै प्रेमीले प्रेमिकालाई हेरे झैँ शुक्लपक्षमा चन्द्रमालाई हेरिरहने उपमामा प्रयुक्त हुने सोही चरो; चकोर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)