छपनी
ना. [प्रा. छप्पर+ई]
- चोयाले बुनेको सोलीजस्ता आकारको जाँड छान्ने चाल्नी।
- पर्खाल, चौतारो आदिमा राखिएका सानासाना ढुङ्गाहरू नचटपटाऊन् भनी तिनमाथि राखिने ठुलो ढुङ्गो; घपना; घपनी।
- तेल पेल्दा भुटेको फुलो हालेको चेपुवामा बिस्तारै रसाउने चोयाको भाँडो; पेचा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)