छल्नु

स.क्रि. [सं. छलन]

  1. एकअर्कालाई कुनै विषयमा झुक्याउनु।
  2. वास्तविक रूपलाई छिपाएर अर्कै रूप देखाउनु।
  3. निहुँ झिक्नु; बहाना गर्नु।
  4. कपटपूर्ण व्यवहार गर्नु।
  5. हराउनु।
  6. जादु, टुना आदिले एकै छिनपछि अलप हुने गरी कुनै खास रूप देखाएर अचम्म पार्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)