छाप

ना. [सं. स्थाप(+क)]

  1. रङमा चोपेर कागत, कपडा आदिमा छाप लगाउनका निम्ति अक्षर काटिएको वा चित्र कुँदिएको साधन।
  2. त्यसैबाट छापिएको अक्षर वा चित्र; छापा।
  3. साँचामा ढालेर बनाइएको टिको।
  4. गहिरो प्रभाव; असर।
  5. कुनै काम गरेबापत जुनीभर आयस्ता खान पाउने गरी सरकारबाट दिइएको जमिन; थापाको खान्गी; थपालो (उदा.- दिवानछाप, भोटेछाप; रामेछाप इ.)।
  6. ठाउँ; थलो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)