छाम्नु

स.क्रि. [चाम< सं. चर्म+नु]

  1. छालाको स्पर्शको सहायताले कुनै वस्तु वा त्यसको विशेषता पत्ता लगाउनु।
  2. स्पर्श गर्नु वा छुनु।
  3. छोएर खोजी गर्नु
  4. कसैको शक्ति, हालत, ज्ञान, धन आदिको अड्कल लगाएर उसको महत्त्व वा स्तर पत्ता लगाउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)