छिँवल्नु
स.क्रि. [सं. छेदन+नु]
- बोटबिरुवा आदिका हाँगाबिँगा छाँटकाँट गर्नु।
- बाक्ला बिरुवा, ठुलो साग आदि उखेल्नु।
- बढी भएका वस्तु वा कुरा बेचेर, छुट्ट्याएर, छाँटेर आदि किसिमले पातलो पार्नु।
- थालेको कामकाज तुर्दै वा घटाउँदै लैजानु।
- छेकाभाँजाहरू हटाउनु; झैझमेला पन्छाउनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)