छिटो
ना. [प्रा. छिट्टो< सं. क्षिप्त]
- छचल्किएर वा उछिट्टिएर आउने पानीको बिन्दु; जलकण; पानीको थोपो।
- दुध, मसी, रङ वा त्यस्तै कुनै तरल वस्तुको थोपो।
- शुद्धिका निम्ति सेचन गर्ने जल; चोख्याउन छम्केको पानीको थोप्ला।
- फुर्तिलो; छिटोछरितो; चलाक।
- तुरुन्तै; चाँडो; लगत्तै; झट्टै।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)