छिन्नमस्ता
ना.
- घाँटी छिनेको आफ्नै टाउको हातमा लिएर घाँटीबाट निस्किएको रगतको धारा त्यसै टाउकालाई पियाइरहेकी दश महाविद्यामध्ये एक।
- नेपालको सप्तरी जिल्लाको सदरमुकाम राजविराजदेखि दक्षिणतर्फ पर्ने सखडा गाउँमा रहेकी एक प्रसिद्ध देवी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)