छेक्नु

स.क्रि. [सं. छेदक+नु]

  1. कुनै ठाउँमा बस्तुभाउ जान नपाऊन् भनेर रोक्नु; थुन्नु।
  2. कुनै काम हुन नदिनु; थाम्नु।
  3. कहीँ जान वा सर्नबाट रोक्नु।
  4. कुनै ठाउँ ओगट्नु।
  5. बार, घेरा, पर्दा वा पर्खाल आदिले घेर्नु।
  6. लुगा सिउनका लागि जिउमा नाप्नु; अड्कल्नु; नापो लिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)