छेड्नु

स.क्रि. [सं. छेदन]

  1. कुनै पनि वस्तुको पछिल्तिर छिचोल्ने वा गहिरो प्वाल पर्ने गरी टोड्को बनाउनु; प्वाल पार्नु; छेद पार्नु।
  2. कसैलाई मर्म पर्ने वा बिझ्ने गरी उपहासपूर्ण कुरा भन्नु; बेइज्जत हुने गरी उपहास गर्नु; उडाउनु।
  3. प्रसङ्ग उठाउनु; सन्दर्भ खोतल्नु; निहुँ निकाल्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)