छोप्नु
स.क्रि. [सं. क्षिप्+नु]
- कुनै वस्तुलाई अर्को केही वस्तुले ढाक्नु।
- लुकाउनु; कसैलाई देख्न नदिनु; दबाउनु; गोप्य राख्नु; थाहा हुन नदिनु।
- कसैमाथि वा केही वस्तुमाथि जाइलाग्नु; झम्टनु; आक्रमण गर्नु; मौका पार्नु।
- बारबेर गर्नु; घेर्नु; बचाउ गर्नु।
- रोगव्याधले आक्रमण गर्नु।
- मूर्च्छा पर्नु; भूतप्रेत आदिले भेट्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)