छोप्राकी
वि. [छोप्राक+ई]
- गण्डकी अञ्चलको गोर्खामा पर्ने छोप्राक भन्ने ठाउँको बासिन्दा।
- एकोहोरो; लाटोसुधो।
- गाउँले; सिधासादा; जे देखे पनि मक्ख पर्ने खालको (उदा.-छोप्राकीले फूलपाती हेरे झैँ)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)