जगेडा/जगेरा

वि. [अ. जखीर]

  1. खर्च नभई वा खर्चबर्च गरेर बाँकी रहेको; काम चलाएर उभ्रिएको; रहलपहल; बचेखुचेको।
  2. पछि खर्च गर्नका लागि बचाइएको रकम वा अन्य कुनै वस्तु।
  3. भइपरी आउने कामका लागि राखिएको सञ्चित धनमाल वा वस्तु।
  4. सञ्चय; बचत; बचाउ; जोगाड।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)