जन्तर

ना. [सं. यन्त्र]

  1. तन्त्रशास्त्रका विधिअनुसार रोग वा दोषनिवारक मन्त्र, मूर्ति, अङ्क आदि कागज वा भोजपत्रमा लेखी मन्त्रको उच्चारणसाथ धूप, दीप र पूजा आदि गरी सम्बन्धित व्यक्तिका घाँटी, पाखुरा आदि अङ्गमा बाँधिने वस्तु; बुटी।
  2. त्यस्तो जन्तरको र गहनाको पनि काम दिन बनाइएको चारकुने आभूषण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)