जम्मा खर्च
ना.
- अमानतमा कामकाज गरेका मानिसले दाखिल गरेका प्रमाण, बिल, आबर्जे, फाराम, ढपोट, वासिलबाँकी आदि दाखिल भएपछि सन्तान-दरसन्तानलाई पक्राउ नगर्ने गरी बाँकी शून्य गरी अमानतीलाई फारख बही बुझ्नेबाट गरिदिने कागज।
- सबै आयव्ययको पूरापूर जोड।
- आयव्यय दुरुस्त देखिने फाँटवारी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)