जाकड/जाकडी
ना. [अ. जखीर]
- कसैलाई राख्न दिएका धनमाल; नासो।
- खर्च नगरी राखेको धनमाल; रोकड।
- सापटी वा ऋण लिँदा लिनेले दिनेकहाँ राखेको धितो; धरौटी।
- त्यसरी नासो, रोकड वा धितोको रूपमा राखिएको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)