जागिर
ना. [फा. जागीर]
- सरकारी वा गैरसरकारी सङ्घ, संस्था, कार्यालयमा काम गर्ने पेसा; नोकरी; सेवा।
- त्यसरी काम गरेबापत निश्चित अवधिमा पाउने गरी तोकिएको रकम; तलब; तनखा; वेतन।
- मुगलकालीन भारतमा बादशाहका तर्फबाट भारदारलाई दिइने उच्च पद वा उक्त पदको आधारमा दिइने भूभाग।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)