जाग्नु

अ.क्रि. [जागा+नु]

  1. ब्युँझनु; निद्रा खुल्नु।
  2. आफ्नो अवस्थाप्रति सचेत हुनु; जागरूक बन्नु।
  3. बौरनु; बिउँतनु; होसमा आउनु।
  4. तन्त्रमन्त्रमा विश्वास राख्नेहरूका अनुसार भूत, प्रेत, मसान आदि प्रत्यक्ष वा सक्रिय हुनु।
  5. झोक्किनु; जङ्गिनु; रन्किनु; जोसिनु।
  6. पलाउनु।
  7. खसी, चौँरी आदिको पिठिउँमा सामान लदाएर ओसार्नु; जाख्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)