जातभात
ना. [जात+भात]
- रूढि वा परम्परागत जात र जातअनुसार चल्ने वा नचल्ने भातभान्सा। (उदा.- राणाकालमा कुनै तागाधारीले मतवालीको हातको भात खायो भने वा पानी नचल्ने जातकी स्वास्नी ल्यायो भने उसमाथि जातभातको मुद्दा चल्न सक्थ्यो)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)