जाम्बवान्
ना. [सं.]
- रामायणको कथाअनुसार लङ्का विजय गर्न रामचन्द्रलाई सहायता गर्ने सुग्रीवका एक मन्त्री।
- भागवतको कथाअनुसार स्यमन्तक मणिलाई लिएर कृष्णसँग युद्ध परेको र हारेपछि मणिसहित छोरी जाम्बवती कृष्णलाई दिन बाध्य भएको एक भालुनरेश।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)